१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

स्कोडाको ‘स्टेट–अफ–द–आर्ट’ सोरुम बुटवलमा

नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुटवलमा नयाँ स्टेट–अफ–द–आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) फेसिलिटी सुरु गरेको छ।

अब रोडवेज लाइफ स्टाइलले पश्चिमी नेपालमा स्कोडाको विक्री र विक्रीपछिको सेवाको जिम्मेवारी पाएको कम्पनीले जनाएको छ।

नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लु स्कोडाले आफ्नो डिलर सञ्जाललाई विस्तार गर्दै आएको जनाएको छ। एमएडब्लुले सन् २००८ देखि नेपालमा स्कोडा कार भिœयाउन सुरु गरेको थियो।

स्कोडाको नयाँ सोरुमको उद्घाटन पाँच नम्बर प्रदेशका उद्योग तथा वाणिज्य मन्त्री अजय शाही र एमएडब्लु स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले गरेका छन्। स्कोडाको नयाँ डिलर रोडवेज लाइफ स्टाइलले दुई दिने विशेष ‘टेस्ट ड्राइभ इभेन्ट’समेत आयोजना गर्न लागेको छ। यो अवधिमा स्कोडा कार बुकिङ गर्ने ग्राहकले आकर्षक ‘क्यास डिस्काउन्ट’, निःशुल्क सडक कर, ‘एक्सचेन्ज बोनस’को सुविधा पाउने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

हाल पोखरा, नारायणघाट, विराटनगर, वीरगन्ज, बिर्तामोड, जनकपुर, धनगढी र काठमाडौंमा स्कोडाको डिलरसिप रहेको छ।

प्रकाशित: २९ मंसिर २०७८ ०१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App