१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

बाबुरामको दाबी–वामपन्थी नै खुसुक्क भन्छन्,सङ्घीयता घाँडो भो

फाइल तस्बिर

नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका कम्युनिस्ट नेताले नै सङ्घीयता ‘घाँडो भो’ भनेको दाबी गरेका छन्।शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

‘हाम्रा थुप्रै वामपन्थीले भनेका छन्, सङ्घीयता छोडिदिऔँ, यो घाँडो भयो,’ भट्टराईले भने,‘यो पहिचानवादी कुरा नगरौँ भन्नुहुन्छ, खुसुक्क मसँग आएर।’ नेपालको यथार्थ हेरेर सङ्घीयता आवश्यक पर्ने उनले दाबी गरे। उनले भने,‘यथार्थ हेर्ने हो नि । यथार्थ हेर्दा नेपाल त विविधतायुक्त देश हो।आन्तरिक लोकतन्त्रलाई पनि बढी मजबुत हामीले बनाऔँ। समावेशी र प्रत्यक्ष लोकतन्त्र छ त्यसलाई अझ उन्नत बनाऔँ। समावेशी र सहभागितामूलक लोकतन्त्रलाई अझ माथि पुर्‍यायौँ ।’ 

अध्यक्ष भट्टराईले नेपाल पछाडि परेको ऐतिहासिक कारणले भएको पनि दाबी गरे। ‘हामी हाम्रो जैविक, वातावरणीय रूपले हामी पछाडि परेका छैनौँ ।नेपाल समृद्ध बन्न सक्छ। सर्त के हो भने हामीले पछिल्लो ज्ञान, विज्ञानमा आधारित वैज्ञानिक विचार प्रणालीलाई अपनाउनु पर्छ,’ उनले भने।

प्रकाशित: १५ असार २०८१ १९:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App