१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

टी–२० विश्वकप: भारतले टस जित्यो, पहिला ब्याटिङ गर्ने

आइसिसी टी–२० विश्वकप क्रिकेट -२०२४ अन्तर्गतकाे फाइनल खेलमा भारतले टस जितेर पहिला ब्याटिङ गर्ने भएकाे छ।

बार्बाडोसमा भएको टसमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्। दुवै टोलीले सेमिफाइनलमा खेलकाे प्लेइङ ११ मा कुनै परिवर्तन गरेका छैनन्।

पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो फाइनलमा पुगेको थियो।

भारतले दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो। भारत तेस्रो र दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेका हुन्।

यस्ताे छ भारतको प्लेइङ ११ :

रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त, सूर्यकुमार यादव, शिबम दुबे, हार्दिक पान्ड्या, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, अर्शदीप सिंह र जस्प्रित बुमराह।

दक्षिण अफ्रिकाको प्लेइङ ११ :

क्विन्टन डि कक, रिजा हेन्ड्रिक्स, एडेन माक्ररम (कप्तान), ट्रिस्टन स्टब्स, हेनरिक क्लासेन, डेविड मिलर, मार्को यानसन, केशव महाराज, कागिसो रबाडा, एनरिच नोर्किया र तबरेज शाम्सी।

प्रकाशित: १५ असार २०८१ १९:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App