१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

जोशीलाई ‘कौसी क्वीन’ उपाधि

कौसीखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँमा कौसी क्वीन–२०८१ सम्पन्न भएको छ। चौथो संस्करणको कौसी क्वीनको उपाधि अन्जना जोशीले पाएकी छिन्।

सोमबार बानेश्वरस्थित होटल अर्यालमा भएको कार्यक्रममा उनलाई कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले विजेताको ताज पहिरिदिएकी हुन।

यस वर्षको कौसी क्वीनको फस्ट रनर अपु गङ्गादेवी तिमल्सिना, सेकेन्ड रनर अपु कमला घिमिरे र थर्ड रनर अपु कमलमाया श्रेष्ठ भएका छन।उनीहरूलाई मन्त्री साहलगायत सचिव राजेन्द्र मिश्र, तरकारी बाली विकास केन्द्रका प्रमुख दिनेशप्रसाद सापकोटा, कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख तेजप्रसाद दवाडीलगायतले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए।

प्रज्ञान क्रिएसन प्रालिद्वारा सञ्चालित कृषिसम्बन्धी अनलाइन हलोखबर डटकमले प्रत्येक वर्ष कौसी क्वीन प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा देशभरबाट २५ जना भन्दाबढीको सहभागिता रहेको थियो। बढ्दो सहरीकरणसँगै सहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती प्रवर्द्धन गर्ने र कौसीखेती गरिरहेकाहरूलाई थप प्रोत्साहित गर्न कार्यक्रम गर्दै आएको प्रज्ञान क्रिएसनका अध्यक्ष मनोज श्रेष्ठले बताए।  

प्रकाशित: १७ असार २०८१ २०:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App