१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

रोल्पामा जिप दुर्घटना: पाँच जनाको मृत्यु

रोल्पामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

माडी गाउँपालिका-२ घर्तीगाउँबाट तालाबाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप परेवा छहरामा सोमबार बेलुका पख दुर्घटना भएको थियो।

मृत्यु हुनेमा एक बालकसहित पाँच जना भए पनि उनीहरूको परिचय भने खुल्न सकेको छैन।  दुर्घटनामा ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार घाइतेहरूलाई उपचारका लागि स्वास्थ्य चौकी घर्तीगाउँ र जिल्ला अस्पतालमा पठाइएको छ। घाइतेहरूको अवस्था चिन्ताजनक छ।

जिप सडकबाट करिब ४ सय मिटर तल खसेको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार चालक गाडी रोकेर बाटोमा गएको पहिरो हेर्न निस्केको समयमा गाडी ब्याक भएर सडकबाट करिब ४ सय मिटर तल खसेको थियो।

रोल्पा प्रहरी प्रमुख भरत लामाले सबै घाइतेलाई घर्तीगाँउ स्थित स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा पठाइएको जानकारी दिए। मृत्यु भएकोहरुको घोषणा चिकित्सकले गर्ने बताए।

जिपमा सवार एउटै गाउँ तालाबाङका थिए। माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्तीले पाँच जनाको मृत्यु भएको जनाए।

प्रकाशित: १७ असार २०८१ २१:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App