१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

प्रधानमन्त्रीकाे राेपाइँ: कामभन्दा तामझाम धेरै (तस्बिरहरू)

यस पटकको धान दिवस सरकारले चितवनमा मनाएको छ।

चितवनको रत्ननगर नगरपालिका-६ बछौलीस्थित बछुलीमा प्रधानमन्त्री पुष्पकमल दाहालले मेसिनबाट धान रोपेर धान दिवस मनाएका थिए।

धानमा यान्त्रिकीकरणतर्फ अग्रसर भइरहेको चितवनमा सरकारले धान दिवस मनाएको हो। धानको राम्रो सम्भावना देखेको सरकारले चितवनमा ‘धान जोन’ का कार्यक्रम समेत सञ्चालन गरेको छ।

आज प्रधानमन्त्रीसँगै कृषिमन्त्री ज्वालाकुमारी साह, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकेट्टेलले समेत मेसिनबाट धान रोपेका थिए।

कार्यक्रमको आयोजना गर्नुपूर्व बाजासहित सांस्कृतिक र्याली निकालिएको थियो। सरकारले २१ औं राष्ट्रिय धान दिवस 'जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि' भन्ने नाराका साथ मनाएको छ।

तस्बिरहरू : वसन्त ढुंगाना/नागरिक

प्रकाशित: १५ असार २०८१ १९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App