२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

मेटलाइफका पोखरा र बुटवल कार्यालयमा सेवा विस्तार

मेटलाइफ नेपालले पश्चिम नेपालमा रहेका आफ्ना कार्यालयमा सेवासुविधा विस्तार गरेको छ। पोखरा र बुटवलमा रहेका कार्यालयलाई रूपान्तरण गरी शाखा कार्यालय बनाइएको कम्पनीले जनाएको छ। 

जहाँबाट बिमा आवेदन तथा प्रिमियम संकलन, पोलिसी वितरण तथा पोलिसी परिवर्तन, पुनस्र्थापना, ग्राहक सोधपुछ प्रबन्धसहित अन्य कागजात प्रशोधनसम्बन्धी सेवा प्राप्त गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

दुवै कार्यालयको उद्घाटन कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ र अन्य वरिष्ठ कर्मचारीको उपस्थितिमा गरिएको थियो।

प्रकाशित: ११ कार्तिक २०७८ ०५:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App