४ वैशाख २०८१ मंगलबार
अर्थ

‘आइसिटी अवार्ड २०२१’ घोषणा

सूचना तथा सञ्चार प्रविधि क्षेत्रसम्बन्धी ‘आइसिटी अवार्ड–२०२१’ को केही विधामा उत्कृष्ट ५ घोषणा गरिएको छ। छैटौं संस्करणको एफवान सफ्ट आइसिटी अवार्ड–२०२१ को छनोट प्रक्रिया अन्तर्गत विभिन्न ११ विधामध्ये तीन महत्वपूर्ण विधामा जुरी समितिको छनोट प्रक्रियामार्फत उत्कृष्ट ५ को घोषणा गरिएको हो।

ह्वाबे स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड–२०२१ विधामा गत शनिबार आयोजना भएको प्रिजेन्टेसन एन्ड स्पिड डेटिङ सेसनमार्फत उत्कृष्ट पाँचको छनोट गरिएको हो।

छनोटमा परेका उत्कृष्टले नोभेम्बर १ देखि सुरु हुने पब्लिक भोटिङ (ई–सेवा र एसएमएस)मा सहभागी हुनु पर्नेछ। यसैगरी यसअघि छनोट भएका तीन विधामा उत्कृष्ट १० का लागि पब्लिक च्वाइस आइसिटी अवार्ड विधा पनि खुला गरिएको छ।

छनोट भएका उत्कृष्ट पाँचमा डुलुवा एक्सपेडिसन्स प्रालि, हाउस अफ बुक्स प्रालि, खेती भेन्चरप्रालि, निर्वाण साथी टेक्नोभेसन प्रालि र पुर्‍याऊ सर्भिसेस प्रालि रहेका छन्। प्रडक्ट आइसिटी अवार्ड २०२१ का लागि उत्कृष्ट ५ मा छनोट भएका प्रडक्टमा बगभी, आइएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट सिस्टम, मिखा, प्लान्टस्याट रसायक रहेका छन्।

प्रकाशित: ११ कार्तिक २०७८ ०५:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App