३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

प्रोटोनको विशेष ०.९९ प्रतिशत योजना

नेपालका लागि प्रोटोनको एक मात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले विशेष ०.९९ प्रतिशत योजना सार्वजनिक गरेको छ।

विशेष ०.९९ प्रतिशत ब्याजदर योजनाका साथै अन्य थुप्रै ब्याजदरको विकल्पसमेत यस योजनामा समावेश गरिएको कम्पनीले जनाएको छ।

योजनाअन्तर्गत प्रोटोनको सागा र एक्स७० मात्र ०.९९ प्रतिशत ब्याजदरमा फाइनान्सिङ गरेर कागजपत्र बुझाएको ४८ घण्टामै आफूले रोजेको प्रोटोन गाडी खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

विशेष योजनाबाहेक २.९९, ५.९९, ८.९९ र ११ प्रतिशत ब्याजदरमा पनि फाइनन्सिङको योजना पाउन सक्नेछन्। जसअन्तर्गत ब्याज अनुसारको किस्ताबन्दीको सुविधा पनि रहेको छ। किस्ताबन्दीमा सवारी खरिद गर्नका लागि शंकर ग्रुपअन्तर्गत जगदम्बा क्रेडिट एन्ड इन्भेस्टमेन्ट प्रालिले इन–हाउस फाइनान्सिङको सुविधा प्रदान गर्दै आइरहेको छ।

०.९९ प्रतिशत अफर समायोजन नगरी प्रोटोन सागाको सुरुवाती मूल्य ३७ लाख ९९ हजार रूपैयाँ राखिएको छ भने प्रोटोन एक्स६० को सुरुवाती मुल्य ८६ लाख ९९ हजार रूपैयाँ तोकिएको छ।

प्रकाशित: ९ कार्तिक २०७८ ०२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App