२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
अर्थ

खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढ्याे

सांकेतिक तस्वीर।

नेपाल आयल निगमले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ।  

याेसँगै काठमाडौंमा पेट्रोलको मूल्य ११२ र डिजेल/मटितेलको  मूल्य ९५ रुपैयाँ पुगेको छ। यस्तै, एलपी ग्यासको मूल्य पनि अब बढेर प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ। निगमले सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाएको हो। 

हवाई इन्धनको मूल्य भने हाललाई यथावत नै राखिएको निगमले जनाएकाे छ।

प्रकाशित: २८ माघ २०७७ १६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App