२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

वर्ल्डलिंक र फेसबुकबीच सहकार्य

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड र फेसबुकबीच देशभरका सात हजार पाँच सय ठाँउमा फ्री इन्टरनेट सेवा प्रदान गर्नेबारे सहकार्य भएको छ।  

वर्ल्डलिंक र फेसबुकको सहकार्यमा सहज, छिटो छरितोसँग इन्टरनेट चलाउन पब्लिक वाइफाई उपलब्ध गराउने सहमति भएको कम्पनीले जनाएको छ। वर्ल्डलिंकले बिहीबार जुममार्फत पत्रकार सम्मेलन गरी फेसबुकसँग भएको सहकार्यबारे जानकारी गराएको हो। वल्र्डलिंकले फेसबुकको एक्सप्रेस वाइफाई प्लेटफर्ममार्फत नेपालभर सार्वजनिक वाइफाई सेवा उपलब्ध गराउने जानकारी गराएको हो।

एक्सप्रेस वाइफाई प्लेटफर्म अन्तर्गत अहिले वर्ल्डलिंकले देशभर उपलब्ध गराएको १० हजारभन्दा बढी सार्वजनिक फ्री वाइफाईमध्ये सात हजार पाँच सय स्थानका वाइफाईका लागि सहकार्य गरेको वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका अध्यक्ष दिलिप अग्रवालले बताए।

प्रकाशित: २६ आश्विन २०७७ ०३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App