८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

कोटेश्वर–एयरपोर्ट सडक खण्डको विस्तार सुरु

भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले कोटेश्वर चोकको जाम हटाउन वैकल्पिक रूपमा सडक विस्तार गर्ने भएको छ । मन्त्री नेम्वाङले सोमबार स्थलगत अनुगमन गर्दे कोटेश्वरको चोकको जाम छिटै हट्ने घोषणा गरेका हुन । मन्त्री नेम्वाङले संघीय राजधानी काठमाडौं प्रवेश गर्ने र बाहिरिने अत्यन्तै महत्वपूर्ण पूर्वी नाका रहेको र उपत्यकाकै बढी यातायात जाम हुने ठाउँ भएकाले सक्दो छिटो निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन ।

तत्काल कोटेश्वर चोकको जाम हटाउन अहिले दक्षिणतर्फ तीन लेन र उत्तर एयरपोर्टतर्फ एक लेन सडक विस्तार भइरहेको छ । जामको दीर्घकालीन समाधान गर्न सरकारले अण्डरपास निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग सहकार्य गर्ने तयारी गरिरहेको छ ।  

पुरानो तारबार हटाउने, एयरपोर्टको जग्गा भएकाले सुरक्षा संवेदनशीलताका कारण नयाँ बार लगाउने, सुरक्षा पोस्ट निर्माण गर्ने, ट्र्याक ओपन गर्ने र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भइसकेकाले एक हप्ताभित्रै ठेक्काको लागि टेन्डर निकालिने सडक डिभिजन काठमाडौंका प्रमुख कुवेर नेपालीले जानकारी गराए । अनुगमनमा सडक विभागका महानिर्देशक केशवकुमार शर्मा र महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भिम ढकाल लगायतको सहभागी भएका थिए ।  

प्रकाशित: १६ भाद्र २०७७ ०३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App