coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बैतडीमा पनि देखियो सलह

बैतडीमा पनि सलह किरा भेटिएको छ । पाटनका विभिन्न क्षेत्रमा सलह किरा देखिएको हो । केही दिन अघि नेपाल भित्रिएको सलह किरा पहाडी क्षेत्रमा उक्लिएसँगै बैतडीमा पनि देखिएको छ । मंगलबार पाटन नगरपालिका–१० को ठाँटामा सलह किरा देखिएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए । पाटन नगरपालिकाका केही क्षेत्रमा सलह किरा देखियो भनेर किसानले खबर गरेपछि फिल्डमा जाँदा सलह किरा भेटिएको उनले बताए । अहिले धेरै ठूलो झुण्ड नभए पनि एकदुई सयको झुण्ड देखा परेको उनले जानकारी दिए । थोरै संख्यामा भएकाले खेतमा भने  असर गर्न नसक्ने उनको भनाइ छ ।

पाटन नगरपालिकाको–१ मा पनि सलह देखिएको वडाध्यक्ष गणेशदत्त भट्टराइले बताए । फेदकटुवा किरा र फौंजी किराको प्रकोप झेलिरहेका बैतडीका विभिन्न ठाउँका किसान सलह किरा पनि देखिन थालेपछि चिन्तित बनेका छन् । फेद कटुवा किराले मकैबाली नष्ट गरेपछि दोश्रोपटक लगाएको मकैमा सलहको समेत प्रकोप देखिन थालेपछि अनिकाल हुने चिन्ता थपिएको स्थानीय किसान केशवराज भट्टले बताए ।

बैतडीमा सलहको ठूलो झुण्ड नपुगेकाले बालीनालीमा त्यति क्षति पु¥याउन नसक्ने कृषि शाखा प्रमुख अवस्थीले बताए । बारीमा सलह देखा परेमा ठूलो आवाजमा थाल बजाउनुपर्ने, बाजा बजाउनुपर्ने र राती सलह बसेको ठाउँमा बिषादी छर्कने सल्लाह दिएको उनले बताए ।

प्रकाशित: १७ असार २०७७ १३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App