१८ पुस २०८२ शुक्रबार
image/svg+xml
अर्थ

पञ्चकन्याको उच्च गुणस्तरको स्टिल बजारमा

प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको पञ्चकन्या स्टिलले आफ्नो उत्पादनलाई परिमार्जन गरेर थप गुणस्तरीय स्टिल बजारमा ल्याएको छ। पुरानो उत्पादनलाई अपग्रेड गरेर उत्कृष्ट लचकता भएको उच्च गुणस्तरको स्टिल उत्पादन सुरु गरेको पञ्चकन्या ग्रुपले जनाएको छ।  

उच्च लचकता भएको नयाँ डिजाइनको ५५० एक्सडी र ५०० एक्सडी फलामे छड उत्पादन सुरु गरेको पञ्चकन्या ग्रुपले जनाएको छ। पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्वलकुमार श्रेष्ठका अनुसार नयाँ प्रविधि प्रयोग गरेर उच्च गुणस्तरको रड उत्पादन सुरु भएको छ। ‘एडभान्स मेसिन प्रयोगमा ल्याएर उद्योगलाई नै मोडिफाई गरेका छौं,’ श्रेष्ठले भने, ‘अहिलेको उत्पादन नेपाल गुणस्तरभन्दा उच्च छ।’ प्लान्टमा मोडिफाई गरेर प्रोसेस गरेको कम्पनीले जनाएको छ। नयाँ प्रविधि प्रयोगमा ल्याएकाले थप टिकाउ र बलियो हुने श्रेष्ठले बताए।

अपग्रेड गर्न कम्पनीले करिब १९ करोड रुपैयाँ लगानी थप गरेको छ। बजारमा बिक्री भइरहेका भन्दा प्रिमियम गुणस्तर भए पनि मूल्य भने यथावत रहेको श्रेष्ठले जानकारी दिए। ‘गुणस्तर अपग्रेड गरे पनि मूल्य वृद्धि गरेका छैनौं,’ श्रेष्ठले भने, ‘रडको स्टे«न्थ बढेको छ।’

रडमा रासायनिक तत्व सल्फर, फस्फोरस तथा कार्बनको मात्रा कम हुँदा लकचता र गुणस्तर वृद्धि हुन्छ। पञ्चकन्याले यी रासायनिक तत्व घटाएको छ। लचकता भएकाले भूकम्प जाँदा पनि क्षति हुँदैन। पञ्चकन्याका रड सानादेखि ठूला भवन, पूर्वाधार आयोजना, जलविद्युत्, पुललगायत सबै क्षेत्रमा प्रयोग गर्न सकिन्छ। अहिलेको डन्डीमा क्रंक्रिट र सिमेन्टलाई जोड्ने क्षमता बढेको छ।

मुलुकमा रहेका २४ वटा स्टिल उद्योगमा पञ्चकन्याले करिब १५ प्रतिशत बजार हिस्सा ओगटेको छ। पञ्चकन्या ग्रुपका एसिस्टेन्ट जनरल मेनेजर देबेन्द्र साहुका अनुसार पञ्चकन्याको स्टिल उत्पादन क्षमता वार्षिक डेढ लाख मेट्रिक टन छ। कम्पनीले जर्मनी प्रविधि प्रयोग गरेको उनले बताए। ‘गुणस्तरमा एक नम्बर बनेका छौं,’ साहुले भने, ‘गुणस्तरीय र टिकाउ भएकाले बजार हिस्सा बढ्दै गएको छ।’  डन्डीको बारहरुलाई धेरैभन्दा धेरै तन्काउन सकिने क्षमता र ठूलो भूकम्पमा क्षति नपुग्ने गरी लामो आयु भएको कम्पनीको दाबी छ। यो डन्डीले कंक्रिटमा सजिलै पकड गर्ने क्षमता राख्दछ। उच्च लचकता भएका रिबारहरु ८ मिमि र ४० मिमि साइजमा उपलब्ध छन्। नयाँ रिब्ड डिजाइन भएको ५०० एक्सडी र ५५० एक्सडीप्रति युनिटको लम्बाइमा त्यसको पारदर्शिता स्पष्ट देखिने भएकाले यसलाई अझ बढी बलियो बनाएको कम्पनीले जनाएको छ । पञ्चकन्या ५०० एक्सडी जुनसुकै विकासका पूर्वाधार आयोजना र ५५० एक्सडीका छडहरू ठूला–ठूला आयोजना तथा अग्ला–अग्ला निर्माणका लागि प्रयोग गर्न सकिन्छ। यसबाट पैसाको पनि बचत हुने जनाइएको छ ।  

पञ्चकन्या मुलुकको प्रतिष्ठित व्यापारिक एवं औद्योगिक घराना हो। यसले बजारमा आफ्नो प्रभाव विस्तार गर्न गुणस्तरलाई प्राथमिकता दिँदै आएको छ। पञ्चकन्याले रडसहित पाइप, पानी टयांकी, पिएसएस स्टिल, ग्यास सिलिन्डर, स्टिलका झ्याल, ढोका, बिटुमिनलगायत उत्पादन गर्दै आएको छ।

प्रकाशित: ९ असार २०७७ ०२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App