७ वैशाख २०८१ शुक्रबार
अर्थ

१८ महिनामा साढे २८ हजारले लिए सहुलियपूर्ण कर्जा

नेपाल राष्ट्र बैंकले करिब १८ महिना अघि सुरु गरेको पाँच प्रतिशत ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन।  बढ्दो बेरोजगारी समस्यालाई सम्वोधन गर्न बेरोजगार युवाहरुलाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराई मुलुकमै रोजगारीको अवसर सृजना गर्नै उदेश्यले सञ्चालन भएको ‘सहुलियतपूर्ण कर्जा’ कार्यक्रम पहुँचवालाको पोल्टोमा सिमित भएपछि कार्यक्रमले गति लिन नसकेको सर्वसाधारणको आरोप छ।  

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आव ०७६/०७७ को मौद्रिक नितीको तेस्रो त्रैमासिक समीक्षा अनुसार सो अवधीसम्म २८ हजार ६ सय ५९ जनाले उक्त शिर्षकमा कर्जा लिएका छन्।  

समयमै कर्जा फिर्ता गर्दा ब्याजमा ५ प्रतिशत अनुदान पाईने सहुलियतपूर्ण कर्जा व्यावसायिक कृषि, पशुपालन, शिक्षित युवा रोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, भूकम्प पीडितहरुको निजी आवास निर्माण र उच्च तथा प्राविधीक, व्यवसायिक शिक्षा गरी ९ वटा शिर्षकमा सहुलियतपूर्ण प्रवाह हुँदै आएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए।  

‘पाँच वर्षसम्म ब्याजमा अनुदान पाईने सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा २ प्रतिशत प्रिमियम जोडेर कर्जा प्रवाह गर्न सक्ने व्यवस्था छ’ उनले भने, ‘तर, बैंक वित्तीय संस्थाले आफुखुसी सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा उक्त कार्यक्रमले गति नलिएपछि चालु आवदेखी सबैलाई संख्या नै तोकेर अनिवार्य गरेका हौं।’

चालु आवको चैत मसान्तसम्म सहुलितपूर्ण कर्जा शिर्षकमा करिब ५३ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह भएको उनले बताए।  

उक्त कर्जामध्ये २३ हजार ४ सय ९ जनाले ५० खर्ब ४७ करोड रुपैयाँ व्यावसायिक कृषि तथा पशुपन्छीका लागि लिएका हुन्।  

त्यसैगरी, सोही अवधीमा ५ हजार २ सय ५० ऋणीले ३ अर्ब ४१ करोड रुपैयाँ अन्य शिर्षकमा कर्जा लिएको उनले बताए।  

राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका वित्तीय कम्पनीलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्न संख्या नै तोकेको प्रवक्ता भट्टले बताए।  

राष्ट्र बैंकले लागु गरेको नयाँ व्यवस्था अनुसार चालु आवको असार मसान्तसम्म वाणिज्य बैंकले ५ सय वटा सहुलियकतपूर्ण कर्जा प्रवाह गर्नूपर्नैछ।  

त्यैसैगरी, विकास बैंकले २ सय वटा र वित्त कम्पनीले १ सय वटा सहुलियतपूर्ण कर्जा अनिवार्य प्रवाह गर्नूपर्नै प्रावधानका कारण यो वर्ष कार्यक्रमले गति लिने उनले बताए।  

राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा प्रवाह गरेपछि हालसम्म एक हजार दुई सय १९ जनाले उक्त शिर्षकमा कर्जा लिएको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) किरणकुमार श्रेष्ठले बताए।  

बैंकले हालसम्म करिब ९३ करोड रुपैयाँ उक्त शिर्षकमा कर्जा प्रवाह गरेको बताउँदै उनले सरकारले आगामी आवको बजेटमा सहुलियपूर्ण कर्जालाई प्राथमिकतामा राखेकाले उक्त संख्यामा वृद्धि हुने उनले बताए।  

बैंकका २ सय ४० शाखा कार्यालयमार्फत सुहलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको बताउँदै सो शिर्षकमा हालसम्म सबैभन्दा बढी कर्जा प्रवाह राष्ट्रिय वाणिज्य बैंकले गरेको उनले दागि गरेका छन्।  

बैंक तथा वित्तीय संस्थाले आवश्कय प्रक्रिया मात्र पुर्यारई कर्जा लिन आउने युवाहरुलाई यी शिर्षकमा कर्जा प्रवाह गर्दै आएको बताएपनि सहुलियतपूर्ण कर्जा पुहँचवालाले मात्र पाउँने गरेको सर्वसाधाणले बताउँदै आएका छन्।

 

प्रकाशित: १९ जेष्ठ २०७७ १५:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App