२३ श्रावण २०७७ शुक्रबार

राष्ट्र बैंकको अनुसन्धान रिपोर्ट: पुरानो लयमा फर्कन नौ महिना लाग्ने

स्वास्थ्य तथा सामाजिक कार्यसँग सम्बन्धित क्षेत्र साढे पाँच महिनापछि र सञ्चार क्षेत्र पाँच महिनामा सामान्य अवस्थामा फर्कन सक्ने राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ।

२० अर्ब रिपो रिर्भस

लकडाउनपछि बैंक तथा वित्तीय संस्थाहरूले नयाँ कर्जा प्रवाह गर्न सकेका छैनन्। कर्जा प्रवाह हुन नसके पनि बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन हुने क्रम जारी छ। बैंकरहरूका अनुसार साउन लागेपछि निक्षेप संकलनमा केही मन्दी देखिए पनि यसअघिको निक्षेप लगानीमा जान सकेको छैन।

राष्ट्र बैंकले कस्यो लघुवित्त, सेवा शुल्क र ब्याजमा सीमा

निर्देशिकामा इजाजतपत्र प्राप्त संस्थाले आर्थिक वर्ष ०७६/७७ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने उल्लेख छ।

लाभांश वा बोनस नदिनुः युरोपेली केन्द्रीय बैंक

युरोपेली केन्द्रीय बैंक (इसिबी) ले युरोपेली युनियनका देशमा छरिएका बैंकहरुलाई आगामी जनवरी १, २०२१ सम्म लाभांश वा बोनस वितरण नगर्न आग्रह गरेको छ।

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार एकजना अभियुक्तलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ किवाचोक गुण्डु बस्ने वर्ष २५ को अनिस पञ्चलाई पक्राउ गरेको हो ।

चालु आवमा आर्थिक वृद्धि २.१ प्रतिशत मात्र

विश्व बैंकले पछिल्लोपटक जारी गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ नामको प्रतिवेदनले कोभिड–१९ र बन्दाबन्दीका कारण आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

तरलता बढेपछि राष्ट्र बैंकले खिच्यो २० अर्ब

बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएपछि केन्द्रीय बैंकले बिहीबार २० अर्ब रूपैयाँ खिचेको छ।

वाणिज्य बैंकको १० प्रतिशत कर्जा ऊर्जा क्षेत्रमा

नेपाल राष्ट्र बैंकले कोभिड १९ को कारण प्रभावित जलविद्युत् क्षेत्रमा वाणिज्य बैंकले कुल लगानीको न्यूनतम १० प्रतिशत प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ।

ऊर्जामा अनिवार्य १० प्रतिशत लगानी गर्नैपर्ने

बैंक तथा वित्तीय संस्थाले विसं २०८१ असार मसान्तसम्म कूल कर्जा लगानीको १० प्रतिशत अनिवार्य रुपमा ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने भएको छ ।

बैंक खातामा रकम पठाउँदा तुरुन्तै जम्मा, अब झनै सजिलो

आइएमई मार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने भएको छ । बैंकले पैसा पठाउन छिटो र विश्वासिलो माध्यमको रुपमा सेवा प्रदान उद्देश्यले उक्त सेवा सञ्चालन गरेको जनाएको छ ।

स्विस बैंकमा प्रधानमन्त्रीको पैसा छ भन्ने कुरा झुटा : प्रेस सल्लाहकार

बुधबार बिहान फेसबुकमार्फत प्रेस नोट सार्वजनिक गर्दै प्रेस सल्लाहकार थापाले त्यस्ता गलत समाचार दिने पत्रकार÷सञ्चारमाध्यमलाई कडा कारबाही गर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरेका छन् ।

सिद्धार्थ बैंकद्वारा हेल्प नेपाल नेटवर्कलाई सहयोग

सिद्धार्थ बैंक लिमिटेडले सोमबार दोलखा स्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण गर्नका लागि हेल्प नेपाल नेटवर्कलाई पाँचलाख सहयोग गरेको छ । सो रकम बैंकका हेड अफ सर्कल अफिस, लाजिम्पाटकी निमा नेपालले हेल्प नेपाल नेटवर्कका कार्यक्रम संयोजक दिक्षा सिंहलाई हस्तान्तरण गरेकी हुन् ।

सर्तसहित बैंकास्योरेन्स खुल्ने

बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले आगामी आवको मौद्रिक नीतिमार्फत सर्तसहित बैंकास्योरेन्स सञ्चालन गर्ने भएको छ । यसअघि सम्बन्धित बैंक तथा बीमा कम्पनीले मनोमानी रुपमा बैंकास्योरेन्स गराएको भन्दै उजूरी परेपछि राष्ट्र बैंकले रोक्ने निर्णय गरेको थियो ।

नेपाल बङ्गलादेश बैँकद्वारा १५ लाख बीमा दाबी भुक्तानी

नेपाल बङ्गलादेश बैँकले बचत खाता योजनाको बीमा सुविधा अन्तर्गतको १५ लाख रुपैयाँ बीमा रकम दाबी भुक्तानी गरेको छ ।

भूमि बैंक स्थापना

कास्कीको अन्नपूर्ण गाउँपालिकाले बाँझो खेत प्रयोगका लागि भूमि बैंक स्थापना गर्ने भएको छ। गाउँपालिकाले न्यूनतम २० वर्षका लागि जग्गा लिजमा लिई व्यावसायिक खेती गर्न गाउँपालिकामार्फत प्रस्ताव आह्वान गरी उपयुक्त प्रस्तावलाई छनोट गर्ने नीति लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्