२० पुस २०८२ आइतबार
image/svg+xml
अर्थ

११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिटेन्स भित्रियो

चालु आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ रमेटिन्स विदेशबाट आएको छ । पोहोरको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । यो जेठ महिनामा मात्र एक खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ आएको छ । पोहोर सोही अवधिमा एक खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ आएको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ ।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८ हजार ०६७ रहेको छ ।

प्रकाशित: २४ असार २०८२ १३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App