जागिर, व्यवसाय, पैतृक सम्पत्तिबाट आएको आम्दानी प्राय मानिसहरु घरजग्गामा लगानी गर्ने प्रचलन छ । पछिल्ला वर्षमा मानिसहरु सेयरमा लगानी गर्न आकर्षित भएको देखिन्छ । त्यसकै पछिल्लो उदाहरण नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेल देखिएका छन् ।
पौडेलले गर्भनर नहुँदै आफ्नो कमाईको अधिकांश हिस्सा विभिन्न कम्पनीका सेयरमा लगानी गरेको देखिएको छ । अर्थशास्त्री पौडेलले आर्थिक सुरक्षाका लागि कम्पनीहरुबाट प्रतिफल आउने र लगानी सुरक्षित हुने देखेरै सेयरमा लगानी गरेको हुनुपर्छ ।
गत महिना गर्भनर नियुक्त भएका पौडेलले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन् । पौडेलको सम्पत्ति मध्ये घर केही सुन, हिरा बाहेक कमाईको ठूलो हिस्सा सेयरमा लगानी गरेका छन् । पौडेलले हाइड्रपावर र बैंकको सेयरमा लगानी गरेका छन् । पौडेलको सम्पत्ति करिब साढे १६ करोड रुपैयाँमा सेयरमा करिब १४ करोड रुपैयाँ लगानी गरेको सम्पत्ति विवरणमा देखिँछ । यसको अर्थ पौडेलसँग सेयरको सम्पत्ति १४ करोड रुपैयाँ मूल्य बराबरको रहेको छ ।
पौडेलको सानिमा बैंकको २ लाख ४४ हजार १७६ कित्ता संस्थापक सेय, सानिमामाई हाइड्रोपावरको ९२ हजार ५७९ कित्ता सेयर, सानिमा मिडिल तमोर हाइड्रोपावरको १ लाख ८८ हजार कित्ता सेयर रहेको छ । त्यसैगरी, पौडेलको ग्लोबेको प्रालिको प्रवद्र्धको रुपमा १ लाख ८६ हजार ८३४ कित्ता , संयुक्त उर्जा हाइड्रोपावरको प्रवद्र्धकको रुपमा ५ लाख कित्ता, चितवन इनर्जी लिमिटेडको प्रवद्र्धकको रुपमा २ लाख ५० हजार कित्ता सेयर रहेको छ ।
गभर्नर पौडेलेको घर र जग्गा भने श्रीमती प्रतिभा शर्माको नाममा रहेको छ । ललितपुरको साविकको सैंबुमा ५ आना २ दाम जग्गा र सोही जग्गामा बनेको २७९५ वर्गफिटको घर, नवलपसारीको गैंडाकोटमा २ कित्ता जाग्गा र २५०० वर्गफिटको घर रहेको छ । ललितपुरको घरजग्गाको मूल्य १ करोड ५५ लाख रुपैयाँ तथा गैंडाकोटको घरजग्गा ६० लाख रुपैयाँमा खरिद गरेको उल्लेख छ ।
त्यसैगरी, सुनका गहना करिब ४५ तोला र १५ लाख रुपैयाँमा खरिद गरेको हिराका गहना रहेका छन् । गभर्नर पौडेलको सामिना बैंक खातामा १३ लाख २३ हजार , नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खातामा २ लाख ५९ हजार ३४४ रुपैयाँ, सानिमा बैंककै डलर खातामा ६६।७८ अमेरिकी डलर रहेको छ । त्यसैगरी, ४४ लाख रुपैयाँ मूल्यको सुजुकी कार पनि सम्पत्तिको रुपमा रहेको पौडेलेको सम्पत्ति उल्लेख गरेका छन् । त्यसैगरी, श्रीमतिको नाममा पनि केही रकम रहेको छ ।
प्रकाशित: ११ असार २०८२ १८:१२ बुधबार





