२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

शेयर धितो कर्जाको सीमा बढाउन माग

पत्रकार सम्मेलन गर्दै आगामी मौद्रिक नीतिका विषयमा धारणा राख्दै मोरङ उद्योग व्यपार संघका पदाधिकारीहरू । तस्बिरः चुमन बस्नेत/नागरिक

  मोरङ उद्योग व्यापार संघले मौद्रिक नीतिमा पूँजी बजारको समावेशी विकासलाई प्राथमिकता दिँदै हालको व्यक्तिगत १५ करोडको हकमा शेयर धितो कर्जा सीमा बढाएर ३० करोड पुर्‍याउन माग गरेको छ ।  

बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी संघले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि नेपाल राष्ट्र बैंकले तय गर्ने मौद्रिक नीतिमा व्यक्तीगत शेयर धितो कर्जा सीमा ३० करोड पुर्‍याउन माग गरेको हो ।  

संघले प्रवासी नेपालीहरूलाई पनि पूँजी बजारमा प्रत्यक्ष लगानी गर्न सहज व्यवस्था गरिनुपर्ने सुझाव दिएको छ । हालको ५० प्रतिशत सीमामा रहेको घरजग्गा धितो कर्जाको सीमा ७० प्रतिशतमा पुर्‍याउनुपर्ने र उत्पादनमूलक क्षेत्रमा तरलता प्रवाह बढाउन चालु पुँजी कर्जा सीमा ४० बाट ६० प्रतिशत पु¥याउनुपर्ने  संघका अध्यक्ष अनुपम राठीले बताए ।  साना उद्यमहरूको कर्जा सीमा २ करोडबाट बढाएर ५ करोड र मझौलाको  १० करोड कायम गर्नुपर्ने र तिनीहरूको ऋण पुनरसंरचना तथा तालिकीकरणको व्यवस्था गर्न सुझाव दिएको छ ।  

संघले घाटामा देखिएका उद्योगहरूलाई खराब कर्जाको सूचीमा नराख्न आग्रह गर्दै, व्याजदर समायोजन र स्टार्टअप व्यवसायका लागि कर्जामा पहुँच सहज बनाउनुपर्ने आवश्यकता औंल्याएको छ । विदेशी मुद्रा सञ्चिति उपयोग गर्न खाद्य वस्तुहरूको आयात खुला गर्नुपर्ने, डिजिटल ट्रान्सफर शुल्क घटाउनुपर्ने र नेपाल–भारतबीच यु.पी.आई. प्रणालीमार्फत दुईतर्फी डिजिटल भुक्तानीको सुविधा उपलब्ध गराइनुपर्ने माग  उद्योग व्यापार संघको छ ।  बैंकमा अत्याधिक  विदा हुँदा समग्र उद्योग व्यवसाय क्षेत्र प्रभावित भएकाले वार्षिक अधिकतम १३ दिनमात्र बैंक विदा हुनुपर्ने संघको धारणा छ । 

प्रकाशित: ११ असार २०८२ १६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App