२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

नेपालमा विकासको छट्पटी छः अर्थविद् खनाल

अर्थविद् एवं पूर्व अर्थ सचिव रामेश्वर खनालले नेपालमा विकासको छटपटी रहेको बताएका छन्। बुधबार नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै खनालले नेताहरू पनि चिन्तित रहेको आफूले पाएको बताए।  

संवाद कार्यक्रममा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले ‘नेपालमा एउटा खालको विकास गर्नुपर्छ भन्ने छट्पटी छ होइन त?’ भन्ने प्रश्न खनाललाई सोधेका थिए।  

जसको उत्तरमा खनालले भने, ‘त्यो छटपटी छ। त्यो किन पनि छ भने अहिले नागरिक स्तरमा निरासा छ। त्यो निरासाले राजनीतिक दलहरुलाई पनि मन पराउन छोडे। त्यही कारणले पनि गणतन्त्र, संघीयताको विरोधमा आवाज चर्को हुँदै गयो। हिम्मत पनि बढ्यो सडकमा आउन थाले भन्ने कुरा राजनीतिक वृत्तमा परेको छ।’  

नेताहरुमा आफ्नो कमजोरी महशुस भएको पनि अर्थविद् खनालले बताए। ‘किन भयो भन्ने विषयमा हामीले जुन किमिसको आर्थिक समृद्धि गर्छौँ भनेका थियौँ, त्यो सकेनौं, हामी चुक्यौँ। हाम्रो आचरण पनि सुधार्नुप¥यो, कम्तीमा पनि आमनागरिकको नजरमा इमानदार हुनुप¥यो र देखिनुप¥यो भन्ने परेको छ,’ उनले भने।  

प्रकाशित: १४ जेष्ठ २०८२ २०:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App