२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

वीरगञ्ज सुक्खा बन्दरगाहद्वारा १० महिनामा ४१ अर्ब राजस्व संकलन

सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयले यो अवधिमा वार्षिक लक्ष्यको ६८.५८ प्रतिशत राजस्व सङ्कलन गरेको छ।

प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालु वर्षको सोही अवधिमा १ अर्ब १४ करोड २८ लाख रुपियाँ बढी राजस्व सङ्कलन भएको बताए। ‘गत वर्षको १० महिनामा ४० अर्ब ३ करोड ८३ लाख ३८ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो,’ उनले भने, ‘गत वर्षको तुलनामा चालु वर्षमा समग्रमा २.८५ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ।’

कार्यालयले साउनमा ३ अर्ब ७५ करोड, भदौमा ४ अर्ब ६४ करोड, असोजमा ४ अर्ब ३६ करोड, कात्तिकमा ३ अर्ब ७९ करोड, मङ्सिरमा ३ अर्ब २२ करोड, पुसमा ३ अर्ब ५६ करोड, माघमा ४ अर्ब २९ करोड, फागुनमा ४ अर्ब ६८ करोड, चैतमा ४ अर्ब ५० करोड र वैशाखमा ४ अर्ब ३४ करोड ५२ लाख ८९ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ। भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो।

प्रकाशित: १३ जेष्ठ २०८२ १०:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App