२० पुस २०८२ आइतबार
image/svg+xml
अर्थ

अर्थमन्त्री पौडेलद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंक गभर्नरसँग परामर्श

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटसम्बन्धमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंकका गभर्नरसँग परामर्श गरेका छन् ।  

सिंहदरबारमा रहेको मन्त्रालयमा अर्थमन्त्री पौडेलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलसँग वित्तीय नीति, राजस्व परिचालन, पूँजीगत खर्च वृद्धि, आयोजना व्यवस्थापन, निजी क्षेत्रको लगानी प्रवर्धन लगायतका विषयमा परामर्श गरेका हुन् ।  

मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनलाई तीब्र बनाएको छ । मन्त्रालयमा बाहिरि मान्छेलाई प्रवेशमा कडाई गर्दै मन्त्रालयले बजेटको मस्यौदा बनाइरहेको हो । संवैधानिक व्यवस्था अनुसार सरकारले अगामी बिहीबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछ । 

प्रकाशित: ९ जेष्ठ २०८२ १९:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App