२० पुस २०८२ आइतबार
image/svg+xml
अर्थ

समाजवादतर्फ तीव्र वेगका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले समाजवादतर्फ तीव्र वेगका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको औँल्याएका छन्।

आइतबार (आज) राष्ट्रिय सभामा उनले भने, 'हामीचाहिँ वास्तवमा उद्यमशीलता प्रवर्द्धन, आधुनिक प्रविधिको प्रयोगबाट उत्पादन र उत्पादकत्व रोजगारीका अवसरहरू सृजना गर्दै सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न, विकास समृद्धि र सामाजिक न्यायको राष्ट्रिय अभिभारा पूरा गर्न र लोकतान्त्रिक मूल्यमा आधारित समाजवादतर्फ तीव्र वेगका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ।'

उनले यहीअनुसार आगामी आवको नीति तथा कार्यक्रम र बजेट आउने पनि बताए।

प्रकाशित: २८ वैशाख २०८२ १६:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App