१४ पुस २०८२ सोमबार
image/svg+xml
अर्थ

आयल निगमको नाफा ९ अर्ब ५५ करोड पुग्यो

नेपाल आयल निगमले आर्थिक वर्ष २०८०/८१ मा ९ अर्ब ५५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। निगमको ४३औँ वार्षिक साधारणसभामा यो जानकारी सार्वजनिक गरिएको हो।

निगमले उक्त वर्ष ३ खर्ब ५६ अर्ब ७२ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको थियो भने ३ खर्ब ६४ अर्ब ५२ करोड रुपैयाँको पेट्रोलियम पदार्थ बिक्री गरेको जनाएको छ। 

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा निगमले ३ खर्ब ८३ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो। पेट्रोलियम पदार्थको आयात र बिक्रीवितरणमा एकाधिकार कायम राख्दै निगमले मुलुकभर सहज आपूर्ति व्यवस्था सुनिश्चित गर्दै आएको छ।

प्रकाशित: ३० चैत्र २०८१ ०६:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App