सेयर बजार परिसूचक (नेप्से) मा बुधबार ३९ दशमलब १३ अंकको वृद्धि भएको छ । यो वृद्धिसँगै नेप्से २६२१ दशमलब ८६ अंकमा पुगेको छ ।
लगातारको गिरावटपछि बजार बढे पनि कारोबार रकम भने मंगलबारको तुलनामा घटेको छ । मंगलबार ५ अर्ब माथि रहेको कारोबार बुधबार ४ अर्ब २० करोडमा सीमित भएको छ ।
३१७ स्टकको ४८ हजार ७८५ पटकको कारोबारमा ४ अर्ब २० करोड ४४ लाख ८ हजार रुपैयाँबराबरको ९१ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बुधबार २४३ वटा सेयर स्क्रिपमध्ये २३१ वटाको मूल्य बढेको छ भने १२ वटाको मूल्य घटेको छ ।
बुधबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशत बढेको छ। त्यस्तै, जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
सेन्सेटिभ इण्डेक्स ५.७१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०२ अंक बढेको छ।
प्रकाशित: १३ चैत्र २०८१ १५:४८ बुधबार