२२ पुस २०८१ सोमबार
image/svg+xml
अर्थ

२०३५ भित्रै २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्छौंः मन्त्री खड्का

ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले २०३५ भित्र ऊर्जा क्षेत्रलाई चलायमान बनाई २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित दाना खोला हाइड्रोपावर योजनाको वित्तीय व्यवस्थापन हस्ताक्षर समोरोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले हालै मन्त्रिपरिषद् बैठकबाट २८ हजार ५ सयको लक्ष्य १० वर्षमा पुर्याइसक्ने भनेर लिएको बताए।

‘२०३५ भित्र ऊर्जा क्षेत्रलाई चलायमान बनाएर २८ हजार ५ सय पुर्याउने भनेका छौँ। अहिले हामीसँग जम्मा ३५ सयको हाराहारीमा छ,' उनले भने, 'अब २५ सय मेगावाट विद्युत् अबका १० वर्षमा बनाउनुपर्ने छ। त्यसकारणले पनि हिजो भन्दा आज फरक छ। सरकारले निश्चित लक्ष्य र उद्देश्य लिएको छ।'

सरकारले निश्चित लक्ष्य र उद्देश्य लिएको भन्दै मन्त्री खड्काले अब कुनै पनि विकास निर्माणका काममा समय नलाग्ने बताए। उनले विद्युत् उत्पादनका लागि पनि सबै इन्फ्रास्ट्रक्चर बनिसकेकाले धेरै समय नलाग्ने उनको दाबी छ। अध्ययन भएका योजनाहरू अब थन्किएर बस्न नपाउने भन्दै सरकारले आवश्यक काम थालिसकेको बताए। उनले अहिलेको सरकार मजबुत सरकार भएकाले निजी क्षेत्रलाई ऊर्जा क्षेत्रमा लगानी गर्त उत्साहित बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: २० पुस २०८१ १२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App