जय ट्रफी पुरुष एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लब सामु १७२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
पर्साको वीरगञ्जमा जारी दुई दिवसीय खेलको दोस्रो इनिङ्समा आर्मी १७५ रनमा अलआउट भएपछि पुलिसले उक्त लक्ष्य पाएको हो ।
पहिलो इनिङ्समा ओपनर आएका सोमपाल कामीलाई आर्मीले दोस्रोमा भने छैठौं नम्बरमा पठाएको थियो । सोमपाल ८२ रनमा नटआउट रहे । १३८ बलको सामना गरेका उनले १० चौका र एक छक्का प्रहार गरे । त्रितराज दासले ३४ रनको योगदान गरे ।
बलिङमा कुशल भुर्तेलले ४, गुल्शन झाले ३, ललित राजवंशीले २ र रसिद खानले एक विकेट झारे ।
यसअघि ७ विकेटको क्षतिमा १०३ रनबाट सोमबारको खेल थालेको पुलिस थप २२ रन जोड्दै अलआउट भयो । गुल्शन झाले ४७ रन बनाए । आर्मीका लागि सहाब आलम एक्लैले ८ विकेट लिए । सोमपाल कामी र पवन कार्कीको नाममा समान एक विकेट रह्यो ।
आर्मीले भने पहिलो इनिङ्समा १२१ रन बनाएको थियो ।
प्रकाशित: २२ पुस २०८१ १४:२९ सोमबार