जनमत पार्टीले पनि मधेसकेन्द्रित दलहरूसँग मोर्चाबन्दी गर्नका लागि कार्यदल बनाएको छ।
आइतबार बसेको केन्द्रीय सचिवालय समितिको बैठकले पार्टी उपाध्यक्ष अब्दुल खानको संयोजकत्वमा कार्यदल बनाएको हो। कार्यदलमा पार्टी प्रवक्ता डा. शरदसिंह यादव सदस्य छन्।
कार्यदलले खासगरी मधेसकेन्द्रित दलहरूका बीचमा मोर्चा बनाउनका लागि अरु दलहरूसँग संवाद गर्ने पार्टी प्रवक्तासमेत रहेका कार्यदलका सदस्य डा. शरदसिंह यादवले जानकारी दिए।
यसअघि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि पाँच सदस्यीय कार्यदल बनाएको थियो। पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद सोनारको संयोजकत्वमा बनेको कार्यदलमा अर्का वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिवद्वय सुरेन्द्र कुमार झा र मनिष कुमार मिश्र सदस्य रहेका छन्।
प्रकाशित: २२ पुस २०८१ १४:४१ सोमबार