२४ पुस २०८२ बिहीबार
image/svg+xml
अर्थ

क्रिकेटको उमङ्गसँगै एनसेलको आकर्षक 'एनपीएल फ्यान प्याक'

अत्यन्तै व्यग्रताका साथ प्रतिक्षा गरिएकोे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पार्वड बाई एनसेल काठमाडौंमा जारी छ । एनपीएलका खेलहरूलाई अझ रोमाञ्चक बनाउन एनसेलले ल्याएको सधंै अन, डेटा र भ्वाइसमा तीन वटा आकर्षक एनपीएल फ्यान प्याक संचालन भइरहेको छ ।  

यी अफरअन्तर्गत ग्राहकहरूले अनलिमिटेड यूट्युब र अनलिमिटेड डेटाका साथ एनपीएल भरी अनलाइनमार्फत् खेलको मजा लिन सक्नेछन् । यसका साथै ग्राहकका लागि अनलिमिटेड भ्वाइस अफर पनि उपलब्ध छ । यी प्याकहरु लिने ग्राहकले एनपीएलका खेलहरु प्रत्यक्ष मैदानमा नै हेर्न टिकट लगायत अन्य आकर्षक उपहार जित्नको लागि पनि योग्य हुनेछन् ।

सधै अन प्याकअन्तर्गत ग्राहकहरूले रु. ३९९ देखि रु. १४९९ सम्मको कुनै पनिप्याकको खरिदमा ग्राहकले यूट्युबमा प्याक अवधिभर अनलिमिटेड पहुँच पाउँछन् । यससँगै ग्राहकहरूले अतिरिक्त डेटा शुल्कको बारेमा चिन्ता नगरी एनपीएलका रोमाञ्चक खेलहरू अनलाइनमार्फत कुनै पनि समयमा जहाँ भएपनि हेर्न सक्नेछन् ।

त्यसैगरी डेटा सेवा आवश्यक भएका ग्राहकहरूका लागि एनसेलले अनलिमिटेड डेटा अफर ल्याएको छ ।  ग्राहकहरूले रु. ५० मा १ दिनको समयसिमा रहेको अनलिमिटेड डेटाप्याक लिन सक्छन् । रु. १२५ (३ दिन), रु. १९९ (७दिन) र रु. ९९९ (२८ दिन) समयावधि रहेको अनलिमिटेड डेटा किनेर एनपीएलका खेलहरूको मजा अनलाइनमार्फत लिन सकिन्छ।  

भ्वाइस सेवामा पनि अनलिमिटेड प्याक रहेका छन् । ७ दिनको लागि रु. १४९ र २८ दिनको लागि रु. ४९९ मा अनलिमिटेड भ्वाइस सेवालिन सकिन्छ । माथि उल्लेखित सधैं अन, अनलिमिटेड डेटा प्याकहरू, र अनलिमिटेड भ्वाइस प्याकहरू किन्ने सबै ग्राहकहरुएनपीएलखेलहरु मैदानमा नै हेर्नका लागिटिकट जित्न योग्य हुनेछन् ।  

यीप्याकहरू किनेपछि ग्राहकहरूले एसएमएस मार्फत एनसेलएपमा रहेको ‘स्पिन द ह्वील’माजाने लिंकप्राप्त गर्छन् । एपमागई ह्वील घुमाउँदा ग्राहकहरूले एनपीएल खेलको टिकट, १ जीबी डेटा, रु. ५० क्यासब्याक (१ दिनको समयसिमा), रु. १०० क्यासब्याक (१ दिनको समयसिमा), वा १०० अन–नेट एसएमएस (१ दिनका समयसिमा) पाउन सक्छन् ।  

त्यसैगरी, एनसेल फाउन्डेसनले प्रत्येक एनपीएलको खेलमा हानिने चौकामा ग्रामीण र दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामाग्री वितरण गर्नेछ । यस सामाजिक पहलको उद्देश्य विद्यार्थीहरूको जीवनमा शैक्षिक अवसर र उज्जवल भविष्यका लागि अवसरहरू बढाउनु हो ।  

नेपालक्रिकेट संघ (क्यान) र एनसेलले एनपीएलको लागि सहकार्य गरेको छ । यस साझेदारी अन्तर्गत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको पार्वड बाई पार्टनरको रुपमा एनसेल रहेको छ । यस साझेदारीअन्तर्गत एनसेलले नेपाली क्रिकेटप्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीय क्रिकेट प्रतिभाहरुको विकासमा योगदान पुरÞ्याउने विश्वास लिईएको छ ।

प्रकाशित: १६ मंसिर २०८१ १२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App