३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आर्थिक सुधार सरकारको प्राथमिकतामा पर्न सकेन: अध्यक्ष अग्रवाल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले मुलुकको आर्थिक सुधार वर्तमान सरकारको प्राथमिकतामा अहिलेसम्म पर्न नसकेको गुनासो गरेका छन्।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको २८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले वर्तमान सरकार र अर्थमन्त्रीप्रति निजी क्षेत्रको ठूलो आशा भएपनि आशा गरे जस्तो काम हुन नसकेको गुनासो गरेका हुन।

उनले सरकारले शिथिल र मन्दीबाट माथि उठाउने धेरै प्रतिवद्धता आए पनि अर्थतन्त्रलाई सुधार गर्नेको लागि प्राथमिकतामा पर्न नसकेको बताए।उनले विगतमा लगाएका नियन्त्रणमुखी नीतिहरू अहिले पनि सरकारले परिवर्तन गर्न नसकेको बताए। 

उहाँले अर्थतन्त्रमा देखिएका अप्ठ्याराहरू सरकारको नीतिगत कारणले देखिएको दाबी गए।उनले मुलुकका आर्थिक स्रोतलाई सही रुपमा चलाउन सक्यो भने दक्षिण एसियाकै उच्च आम्दानी गर्ने मुलुक बन्ने सम्भावना रहेको बताए।

उनले आर्थिक सुस्तता र मन्दीको अवस्थाबाट छिटो उन्मुक्ति पायौं भने मात्रै समग्र अर्थतन्त्रका स्टार्टअप र औद्योगिक क्षेत्र सुधार हुने बताए।

प्रकाशित: ३० कार्तिक २०८१ १५:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App