२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अर्थ

तिहार अघि नेप्से १४.४३ अंकले घट्यो, कारोबार रकम ५ अर्ब ९५ करोडमाथि

तिहार बिदाको अघिल्लो दिन नेप्से परिसूचक १४.४३ अंकले घटेर बन्द भएको छ।

तिहार अघिको अन्तिम कारोबार बुधबार नेप्से सूचक १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा झरेको छ।

आज ५ अर्ब ९५ करोड ३९ लाख ५० हजार ७८७ रुपैयाँ बराबरको १ करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर कारोबार भएको छ।

आज कारोबारमा भएका १३ उपसमूहमा ३ उपसमूहको सूचक सकारात्मक छन् भने बाँकी १० उपसमूहको सूचक नकारात्मक रहेको छ।

आज  गुँरास लघुवित्त र मिड सोलु हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने अपर स्यांगे हाइड्रोपावर ९.९९ प्रतिशत र कुथलि बुखरी हाइड्रोपावरको ९.९८ प्रतिशतले बढेको छ।

यसैगरी जानकी फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ४.९० प्रतिशत घटेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनको ४.८० प्रतिशत र माथिल्लो मैलुङको ४.५५ प्रतिशतले घटेको छ।

प्रकाशित: १४ कार्तिक २०८१ १५:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App