३१ भाद्र २०८१ सोमबार
image/svg+xml
अर्थ

विश्वकै सबैभन्दा पातलो फोल्डेबल मोबाइल सार्वजनिक

विश्वकै सबैभन्दा पातलो फोल्डेबल मोबाइल सार्वजनिक भएको छ । अनरले अनर म्याजिक भी३ लाई संसारकै सबैभन्दा पातलो फोल्ड गर्न मिल्ने मोबाइलका रुपमा सार्वजनिक गरेको हो । 

म्याजिक भी३ ९.२ एमएम मोटो र २२६ ग्राम तौलको भएको अनरले बताएको छ । यसलाई मानक फ्ल्यागशिप स्माटर्फोनसँग आकार र वजनमा तुलना गर्न सकिने कम्पनीको दाबी छ ।  

अनर म्याजिक भी३ मा ५१५०एमएएच ब्याट्री रहेको र यसले तारबाट ६६ वाट र ताररहित ५० वाट चार्जिङलाई समर्थन गर्नेछ । यसमा ५० एमपीको मुख्य क्यामरा रहेको पनि कम्पनीको भनाइ छ ।  

यस्तै अनरले अनर म्याजिकबुक आर्ट १४, अनर म्याजिक प्याड २ र अनर वाच ५ पनि लन्च गरेको छ ।

प्रकाशित: २१ भाद्र २०८१ १९:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App