३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रसङ्घको महासभामा भाग लिने विषय सदनलाई जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूूले भाग लिने विषयमा प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।  

सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे जानकारी गराएका हुन् । 

महासभामा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम छ । 

प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घमा आफूले उठाउने विषयमा पनि बैठकलाई जानकारी गराएका छन् । अमेरिका गएका बेला प्रधानमन्त्री ओलीले अमेरिकाको न्युयोर्कस्थित दुईवटा विश्वविद्यालय कोलम्बिया र हावर्डमा सम्बोधन गर्ने भएका छन् । 

प्रकाशित: ३१ भाद्र २०८१ १४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App