२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनी

तिजपर्वका अवसरमा नुवाकोट उद्योग वाणिज्य सङ्घले ‘महिला उद्यमीले उत्पादन गरेको कृषि उब्जनी तथा हस्तकलाका सामग्री बिक्री तथा प्रदर्शनी’मा राखेको छ।

तिज विशेष कार्यक्रमसहित जिल्लाका किसान तथा उद्यमी महिलाले तयार गरेको स्थानीय उत्पादनलाई शनिबारदेखि प्रदर्शनी तथा बिक्रीकक्षमार्फत उद्यमी र उपभोक्तालाई लाभ पुग्ने कार्यक्रम सञ्चालनमा ल्याएको सङ्घका सचिव मधुसुदन थपलियाले जानकारी दिए।

उनका अनुसार तिजपर्व सुरु हुनुभन्दा धेरै अघिदेखि भड्किला तथा विकृति फैलाउने कार्यक्रम आयोजना हुने गरेकामा वाणिज्य सङ्घले पहिलोपटक बिक्री तथा प्रदर्शनी आयोजना गरेको हो । यसबाट उद्यमी र उपभोक्ता दुवै पक्षलाई लाभ पुगेको छ ।  

‘प्रदर्शनीमा तरकारी र मसालेदार बाली उपभोक्ताको रोजाइमा परेको छ’, सचिव थपलियाले भने, ‘हस्तकला तथा साना घरेलु उद्योगमा उत्पादित ढाकाबाट बुनेका कपडा, सरसफाइलगायत दैनिक जनजीवनमा प्रयोग हुने सामग्रीको कारोबार उत्साहजनक छ ।’

सहुलियत शुल्कमा स्थानीय उत्पादनका सामग्री ताजा र सहुलियत शुल्कमा उपलब्धताले उद्यमीलाई प्रोत्साहन र उपभोक्तालाई फाइदा पुगेको विदुर नगरपालिका–२ शेराका सरस्वती अधिकारीले बताइन । तिजका बाहनामा हुने भड्किला कार्यक्रमको साटो महिला उद्यमीलाई प्रोत्साहन र उपभोक्तालाई सहुलियत शुल्कमा गुणस्तरीय सामग्री उपभोगको अवसर मिलेकाले आगामी दिनमा यस्तै रचनात्मक कार्यलाई निरन्तरता दिनुपर्ने उनको सुझाव छ ।

प्रकाशित: ९ भाद्र २०८१ १५:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App