४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महिला उद्यमीलाई वित्तीय क्षेत्रमा पहुँचका लागि मुक्तिनाथ विकास बैंकले सहयोग गर्ने

मुक्तिनाथ विकास बैंकले महिला उद्यामीहरुलाई वित्तीय पहुँचका लागि सहयोग गर्ने भएको छ । 

महिला उद्यमी महासंघ नेपाल (फेवान) की अध्यक्ष शोभा ज्ञवालीसहितको प्रतिनिधिमण्डलसँगको भेटघाटपछि मुक्तिनाथ विकास बैंकले उक्त सहमति गरेको हो ।

समझदारी पत्रमा महासंघ अध्यक्ष ज्ञवारी र बैंकका सहनायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेका थिए । 

महासंघसँग आवद्ध घरेलु तथा सानाउद्योगलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह गरी यस क्षेत्रको आर्थिक विकास एवं वित्तीय तथा व्यवसायिक शिक्षामा योगदान पुर्‍याउने उद्देश्यसहित सझौता भएको छ ।  

उक्त सम्झौता बमोजिम अगामी दिनमा महासंघका ६७ जिल्ला च्याप्टरमा आवद्ध घरेलु तथा साना उद्योगीहरुलाई बैंकले व्यवसाय तथा त्यसको सम्भाव्यतालाई मुख्य आधारमानी सरल र सहज तरिकाबाट सर्वसुलभ व्याजदरमा कर्जा लगानी गर्ने र उद्यमीको विकासको लागि वित्तीय र व्यवसायिक साक्षारताको लागि सहकार्य गर्नेछ । 

सम्झौतापछि महासंघ अध्यक्ष ज्ञवालीले खुशी व्यक्त गर्दै यस सम्झौताले महासंघसँग आवद्ध महिला उद्यमीहरुलाई आर्थिक विकास गर्न र व्यवसायिक तथा वित्तीय साक्षारताको क्षेत्रमा थप टेवा पुग्ने कुरामा विश्वास व्यक्त गरिन् । 

भेटमा दुवै संस्थाले महिला उद्यमीहरूको सामाजिक आर्थिक रूपान्तरणमा मिलेर काम गर्ने प्रतिबद्धता जनाएको फेवान अध्यक्ष ज्ञवालीले जानकारी दिइन् । 

महिला उद्यमीहरूका लागि उद्योग सञ्चालन गर्दै आर्थिक क्षेत्रमा सवल बनाउन सुलभ र सरल तरिकाबाट ऋण उपलब्ध गराउने र उद्यमीहरूका लागि सुलभ वित्तीय इकोसिस्टम निर्माण गर्ने समझदारी पनि महासंघ र बैंकबीच भएको छ । 

प्रकाशित: २८ श्रावण २०८१ १५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App