१६ पुस २०८२ बुधबार
image/svg+xml
धर्म/संस्कृति

पाथीभरा विवाद : ‘सबै पक्षलाई वार्ता र संवादमा जुट्न अपिल’

फाइल तस्बिर

युवाहरूले स्थानीय पहिचान र अस्तित्व संरक्षण गर्दै विकास निर्माण अघि बढाउन सबै पक्ष तयार रहन आग्रह गरेका छन् । ‘पहिचानका लागि युवा’ संस्थाले बिहीबार पत्रकार सम्मेलन गर्दै पाथीभरा केबलकार निर्माणका क्रममा देखिएको विवाद वार्ता र संवादमार्फत समाधान गर्न आग्रह गरेको हो ।

उनीहरुले वार्ताका माध्यमबाट पाथीभरा केबलकारको समस्या समाधान तयार रहेको समेत बताए । संस्थाका अध्यक्ष कृष्ण चोङवाङले आफूहरू विकास विरोधी नरहेको र समस्या समाधानका लागि सरकारसँग खुला ढङ्गले वार्ता गर्न तयार रहेको बताए ।

सबै आन्दोलनरत समूहहरू समेटी सरकारले वार्तालाई गम्भीरतापूर्वक अघि नबढाएको गुनासो गर्दै उनले विभिन्न तरिकाबाट वार्ताको पहल भइरहे पनि निष्कर्षमा पुग्न नसकेको उल्लेख गरे । समस्या समाधानका लागि सबैको ध्यानाकर्षण गर्न काठमाडौँमा पत्रकार सम्मेलन गरिएको अध्यक्ष चोङवाङको भनाइ थियो ।

केबलकार निर्माण बन्द गर्ने मात्र एजेन्डाले पहिचानका मुद्दा बलियो नहुने उल्लेख गर्दै उनले पहिचान संरक्षणका लागि जनस्तरमा रहेका सबै सङ्घ–संस्थासँग वार्ता र संवाद हुनुपर्नेमा जोड दिए ।

लिम्बुवान ब्रदरहुडका अध्यक्ष मिक्तोक लिम्बूले पाथीभरा लिम्बुको पहिचानसँग जोडिएको धरोहर रहेकाले केबलकार निर्माण गर्दा पहिचानको सम्वद्र्धनको ग्यारेन्टी हुनुपर्ने उल्लेख गरे । उनले विश्वका अधिकांश राजनीतिक आन्दोलनहरू वार्ता र संवादबाटै समाधान भएको उदाहरण दिँदै, “केबलकार निर्माणको विषय पनि संवादमार्फत हल हुनुपर्छ बताए ।  

पहिचानका लागि युवाका केन्द्रीय संयोजक बिराज आङदम्बे लिम्बूले स्थानीय पहिचान र विकाससँग जोडिएका विषयमा सबै पक्षमा गम्भीरता देखिनु पर्नेमा जोड दिए ।

प्रकाशित: ११ वैशाख २०८२ १९:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App