३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

उच्च अंकको करेक्सनपछि पुनः नेप्सेमा १०८ अंकको वृद्धि

मंगलबारको कारोबार दिन  उच्च अंकको करेक्सनपछि, बुधबार नेप्से पुनः उच्च अंकले बढेको छ। मंगलबार १४५ अंक घटेको नेप्से, बुधबार दिन १०० अंकभन्दा बढी बढेर बन्द भएको छ।

बुधबार नेप्से परिसूचक १०८.३५ अंक बढेर २७५९.६७ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १८.९० अंक बढेको छ भने फ्लोट इण्डेक्स ७.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.९९ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन भोल्यूम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ। अघिल्लो दिन हालसम्मकै उच्च, २३ अर्ब ७१ करोडको शेयर कारोबार भएको बजारमा यस दिन ३३० स्टकको २ लाख १२ हजार ६८१ पटकको कारोबारमा १७ अर्ब ९५ करोड ९ लाख १८ हजार रुपैयाँ बराबरको ३ करोड ८० लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ११ स्टकको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, मैलुङ्ग खोला जलविद्युत कम्पनी, दोल्टी पावर कम्पनी, सिटि होटल, हिमालयन रि इन्स्योरेन्स, सेन्ट्रल फाइनान्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ५३ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएका छ। त्यस्तै, यस दिन नेपाल फाइनान्सको ६५ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सानिमा माइ हाइड्रोपावरको करिब ५६ करोडको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ७.८९ प्रतिश बढेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक ७.६३ प्रतिशत बढेको छ भने व्यापार, जलविद्युत र होटल तथा पर्यटन उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ।

प्रकाशित: २३ श्रावण २०८१ १५:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App