२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

ताप्लेजुङमा १७ लाख क्युविक फिट काठ स्थानान्तरण, ७ करोड राजस्व संकलन

आर्थिक वर्ष २०८०/८१ मा ताप्लेजुङबाट करिब १७ लाख क्युविक फिट काठको स्थानान्तरण इजाजत प्रदान गरिएको छ।

डिभिजन वन कार्यालय ताप्लेजुङका योजना शाखाका वन अधिकृत परमेश्वर पासवानका अनुसार यस अवधिमा १६ लाख ८३ हजार ३६३ क्युविक फिट काठको स्थानान्तरण इजाजत प्रदान गरिएको हाे।

डिभिजन वन कार्यालयका अनुसार, स्थानान्तरण इजाजत दिइएको गोलिया काठबाट मूल्य अभिवृद्धि कर वापत ६ करोड ३५ लाख ३४ हजार ९२६ रुपैयाँ र प्रदेश सेवा शुल्क वापत ५१ लाख ३ हजार ६७८ रुपैयाँ संकलन भएको छ।

सबैभन्दा बढी काठको स्थानान्तरण इजाजत जेठ महिनामा जारी भएको थियो। जसमा २ लाख ७६ हजार १८७ क्युविक फिट काठको इजाजत दिइँदा १ करोड ९ लाख १६ हजार १४७ रुपैयाँ कर र ८ लाख ९० हजार १०४ रुपैयाँ प्रदेश सेवा शुल्क संकलन भएको थियो।

साउन महिनामा सबैभन्दा कम ३९ हजार ३२२ क्युविक फिट काठको स्थानान्तरण इजाजत दिइँदा १५ लाख ३ हजार २०० रुपैयाँ कर र ९० हजार ६४० रुपैयाँ प्रदेश सेवा शुल्क संकलन भएको थियो।

मासिक विवरण

भदौ: ५३ हजार ३३३ क्युविक फिट काठको स्थानान्तरण अनुमति जारी, २० लाख ८९ हजार ८१५ रुपैयाँ कर, १ लाख ६३ हजार ६८० रुपैयाँ सेवा शुल्क।

असोज: ९५ हजार ६३६ क्युविक फिट काठको स्थानान्तरण अनुमति जारी, ३७ लाख ८६ हजार १९० रुपैयाँ कर, २ लाख ८७ हजार ५६ रुपैयाँ सेवा शुल्क।

कात्तिक: ५२ हजार ८०० क्युविक फिट काठको स्थानान्तरण अनुमति जारी, २१ लाख ६ हजार १७५ रुपैयाँ कर, १ लाख ५८ हजार ७७५ रुपैयाँ सेवा शुल्क।

मंसिर: १ लाख २७ हजार १३२ क्युविक फिट काठको स्थानान्तरण अनुमति जारी, ४९ लाख ९० हजार ४०० रुपैयाँ कर, ३ लाख ८२ हजार ७०५ रुपैयाँ सेवा शुल्क।

पुस: १ लाख ३५ हजार ४१२ क्युविक फिट काठको स्थानान्तरण अनुमति जारी, ५२ लाख ८२ हजार रुपैयाँ कर, ४ लाख ६ हजार ५०० रुपैयाँ सेवा शुल्क।

माघ: १ लाख ४९ हजार ५५४ क्युविक फिट काठको स्थानान्तरण अनुमति जारी, ५९ लाख १२ हजार ९६३ रुपैयाँ कर, ४ लाख ५८ हजार ७५६ रुपैयाँ सेवा शुल्क।

फागुन: २ लाख १९ हजार ५७८ क्युविक फिट काठको स्थानान्तरण अनुमति जारी, ८५ लाख ६५ हजार ८७० रुपैयाँ कर, ६ लाख ५८ हजार ८३४ रुपैयाँ सेवा शुल्क।

चैत: २ लाख २६ हजार ६८५ क्युविक फिट काठको स्थानान्तरण अनुमति जारी, ८८ लाख ५७ हजार १५७ रुपैयाँ कर, ६ लाख ८२ हजार ४८३ रुपैयाँ सेवा शुल्क।

२०८१ वैशाख: २ लाख ४३ हजार ९३० क्युविक फिट काठको स्थानान्तरण अनुमति जारी, ९५ लाख २५ हजार ९ रुपैयाँ कर, ७ लाख ३२ हजार ६९३ रुपैयाँ सेवा शुल्क।

असार: ६३ हजार ७८२ क्युविक फिट काठको स्थानान्तरण अनुमति जारी, २४ लाख ८८ हजार ६५६ रुपैयाँ कर, १ लाख ९१ हजार ४५२ रुपैयाँ सेवा शुल्क।

प्रकाशित: १० श्रावण २०८१ २०:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App