२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

‘दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४’ आयोजना हुँदै

बैंकिङ्ग समाचार डटकमको आयोजना तथा ग्लोबल आईएमई बैंकको मुख्य प्रायोजन तथा फोन पेको सहप्रायोजनमा असार ११ गते दोस्रो ‘नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४’ आयोजना हुने भएको छ । 

काठमाडौंको हायत रिजेन्सीमा आयोजना हुने उक्त कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा गरिनेछ । साथै, कार्यक्रमको विशेष सत्रमा छलफलका लागी अर्थमन्त्री वर्षमान पुनको उपस्थिति रहने उक्त कार्यक्रममा नियामकीय निकाय, बैंक तथा वित्तीय क्षेत्र, सञ्चार क्षेत्र तथा सूचना प्रविधि क्षेत्रका विज्ञ तथा अन्य क्षेत्रको व्यक्तित्वहरुको उपस्थिति रहने छ । 

मुख्यरुपमा बैंकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा, वित्तीय साक्षरतामा लगानी र यसको सामाजिक प्रभाव तथा वर्तमान स्थिति, नेपालमा डिजिटल इकोसिस्टमको वर्तमान परिदृश्य तथाक्रस बोर्डर डिजिटल भुक्तानीका चुनौतीहरु, सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगिता र आगामी दिशानिर्देशका बारेमा छलफल हुनेछ ।

दोस्रो ‘नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४’ ले बैंकिङ्ग क्षेत्रका समस्याहरुको समाधान खोज्न र नेपालमा बैंकिङ्ग प्रणालीलाई सुधार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित: ५ असार २०८१ १८:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App