१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

प्रथम नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो सम्पन्न

आगामी वर्षमा दोस्रो संस्करण आयोजना गर्ने घोषणासहित काठमाडौंमा जारी प्रथम नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो (नाइट) २०२४ सम्पन्न भएको छ।

नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना गरिएको थियो। पर्यटन बोर्डको प्रवद्र्धन, काठमाडौं महानगरपालिकाको सहयोग र विभिन्न संघ संस्थाको सहकार्यमा काठमाडौंको भृकुटीमण्डपमा दुई दिने सो एक्स्पो आयोजना गरिएको थियो।

एक्सपोको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले उद्घाटन गरेका थिए भने काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले समापन गरेकी थिइन्।

कार्यक्रम समापन गर्दै उपमेयर डंगोलले नेपालको पर्यटन प्रवद्र्धनका लागि यस्ता कार्यक्रमको निरन्तरता आवश्यक भएको उल्लेख गर्दै यस प्रकारका कार्यक्रममा महानगर सधैं साथमा रहेको बताइन्।

मलेसियाको मलेसिया टुरिजम बोर्ड, बिहारको बिहार टुरिजम बोर्डसमेतको सहभागिता रहेको एक्सपोमा सार्क तथा अन्य क्षेत्रका गरी १६ देश, १५० बिक्रेता, २५० क्रेता तथा पाँच हजार बढी आगन्तुकको सहभागिता रहेको थियो। साथै एस्क्पोमा पर्यटनसँग सम्बन्धित विभिन्न विषयमा समूह छलफल हरू आयोजना गरिएका थिए।

प्रकाशित: ३ असार २०८१ ०९:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App