७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकद्वारा नयाँ बचत खाता सञ्चालन

महालक्ष्मी विकास बैंकले महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ। बैंकले सेयर किनबेच गर्ने सेयर लगानीकर्तालाई सबै सुविधा एकै खातामार्फत प्रदान गर्ने उद्देश्यका साथ सो खाता सञ्चालनमा ल्याएको हो।

खाताअन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सि-आस्वा तथा टी एम एस खाताको सुविधा एकै खातामार्फत लिन सक्नेछन्। शून्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट खाता तथा टी एम एस खाता निःशुल्क खोल्नुका साथै मेरो सेयर तथा सि आस्वा दर्ता गर्न पनि शुल्क नलाग्ने बैंकले जनाएको छ।  

प्रकाशित: ३ वैशाख २०८१ ०८:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App