१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

जोन्टा क्लबद्वारा १० उत्कृष्ट महिला सम्मानित

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा प्राप्त विशिष्ट महिला उपलब्धिको उत्सव मनाउँदै र पहेँलो गुलाव दिवसका अवसरमा जोन्टा क्लब सहभागी भएको छ।

लैंगिक समानताका क्षेत्रमा काम गर्ने व्यक्तिहरूको प्रशंसा गर्दै विश्व उत्सव कार्यक्रममा जोन्टा क्लब सहभागी भएको हो। जोन्टा क्लब काठमाडौं आबा शाहले ‘महिलामा गरिएको लगानी, उत्कृष्ट विश्वका निम्ति गरिएको लगानी’ भएको बताइन्।

यसै क्रममा जोन्टा क्लबले आफ्नो क्षेत्रमा अविस्मरयाीय छाप छोडेका १० उत्कृष्ट महिलालाई सम्मानित गरेको हो। जोन्टा क्लबले आआफ्ना क्षेत्रमा अविस्मरणीय छाप छोडेका १० उत्कृष्ट महिलाहरूलाई सम्मान गर्न पाउँदा गौरवान्वित भएको बताएको छ।

पुरस्कृत हुनेमा बन्दना राणा राजकुमारी हेलेन शाह प्रेरणादायक महिला वर्ष पुरस्कार, सुनिता डंगोल अमर राणा गेम चेन्जर पुरस्कार, सरिस्मा बस्नेत र प्रेरणा सापकोटा ज्योति छात्रवृत्ति पुरस्कार, खुसी श्रेष्ठ र दीप्ती गौतम इन्द्रकला छात्रवृत्ति पुरस्कार रहेका छन्।

यसैगरी अनसङ्ग शेर्पा-मैयाश्रेष्ठ फोटोग्राफर, सुनिता कोइराला-बाइकमेक्यानिक, यशोधराथापा पाइलट प्रशिक्षक, र रजनीश्रेष्ठलाई बडीविल्डर पुरस्कार दिइएको छ।

प्रकाशित: ४ चैत्र २०८० ०९:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App