१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सुन प्रतितोला १२ सय घट्यो

आज बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधवार छापावाल सुन मंगलबारको तुलनामा प्रति तोला १ हजार २०० रुपैयाँ घटेको जनाएको छ।

आज बजारमा छापावाल सुन प्रति तोला १ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यही सुन प्रतितोला १ लाख १९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुन भने प्रतितोला १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि घटेको छ। मंगलबारको तुलनामा १५ रुपैयाँ घटेर कारोबार भइरहेको छ । चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: ३ माघ २०८० ०६:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App