७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट

महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरू सँग सम्झौता गरेको छ।

सम्झौता पश्चात् बैंकका डेविट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवामा विशेष छुट पाउनेछन्।

सम्झौता अनुसार बैंकका ग्राहकले मकवानपुरको भुंग्रो थकालीमा १० प्रतिशत, न्युरोडको एञ्जल ज्वेलरीको सुन बनाउने चार्जमा ४० प्रतिशत, भैरहवाको गाउँले चुलोमा १० प्रतिशत, काठमाडौंको म्याग्दी होटलमा १० प्रतिशत, महाराजगञ्जको एजिलिस डाइग्नोष्टिक नेपालको ल्याब टेष्टलगायतका विभिन्न सेवामा विषेश छुट पाउनेछन्।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकको छ।

प्रकाशित: ११ पुस २०८० १४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App