१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ

लेखनाथ उद्योग वाणिज्य संघको १४ औं अधिवेशनबाट विनोद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। सोमबार विहान सकिएको मत परिणाम अनुसार उनले प्रतिस्पर्धी भरतकुमार अधिकारीलाई पन्छाउँदै दुईवर्षे कार्यकालको लागि निर्वाचित भएका हुन्।  

लेखनाथ उद्योग वाणिज्य संघमा १८६६ सदस्य आबद्ध थिए। यद्यपी शनिबारको निर्वाचनमा १ एकहजार ७ सय ११ सदस्य सहभागि भएका थिए। मत परिणाम अनुसार विनोद श्रेष्ठले ८ सय ८१ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भए। उनका प्रतिस्पर्धी अधिकारीले ७ सय ८७ मत प्राप्त गरेका थिए। बरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझा ९ सय ७० मत ल्याउँदै निर्वाचित भएका छन। उनका प्रतिस्पर्धी ऋषिराम जमरकट्टेल(६९०) पराजित भए।  

प्रथम उपाध्यक्षमा उपेन्द्रराज सुवेदी(७७४), द्वितीय उपाध्यक्ष विक्रम कर्माचार्यले मेनुका श्रेष्ठलाई केवल ६ मतले पराजित गरेका छन्। कर्माचार्यले ८३७ मत पाउँदा श्रेष्ठले ८३१ म्त प्राप्त गरिन्। संघको महासचिवमा जानुका पराजुली अधिकारी विजयी भईन्। प्रतिस्पर्धी जीवन तिवारी भने पछि परे। उपमहासचिव भरतराज ओझा र कोषाध्यक्षमा ध्रुबवावु भट्टराई निर्वाचित भएका छन्। 

 

सदस्यहरुमा अर्जुन भण्डारी, गंगाकुमार मल्ला, ईन्जिनियर विजय न्यौपान, हरि बस्ताकोटी, भरत थापा, लक्ष्मीप्रसाद ढुंगाना, खेमराज बराल, टिकाराम सापकोटा, महिला सदस्यमा प्रतिक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने, एशोसिएट सदस्यमा प्रेमप्रसाद शर्मा र संस्थागत सदस्यमा विजय गुरुङ निर्वाचत भएका छन्। कार्यसमिति १९ सदस्यीय छ।  

अध्यक्षमा निर्वाचित भएपछि विनोद श्रेष्ठले पहिलो दायित्व नै व्यवसायीको हकहितको लागि आवाज उठाउने रहेको स्पष्ट पारे। उनले चुनाव अघि उदघोष गरेको एजेण्डालाई कार्यान्वयनमा लैजाने बताए। श्रेष्ठले पनि बेगनास ताललाई पर्यटकीय केन्द्र बनाउने आफनो योजना रहेको सुनाए । उनले लेखनाथमा लगानीको क्षेत्र हेरेर वाणिज्य संघ मार्फत लगानीको बातावरण तयार पार्ने सुनाए । लगानी मैत्री बातावरण बनाउन सकिए लेखनाथ क्षेत्र हरेर हिसाबले उत्कृष्ट बन्ने विश्वास समेत उनको थियो। उनले कृषि क्षेत्रको प्रवद्र्धन गर्न महानगरपालिकासँगको सहकार्यमा कृषि उपज बजार स्थललाई अmभै व्यवस्थित र प्रभावकारी बनाईने उनले बताए।  

संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले लेखनाथ क्षेत्रमा नयाँ व्यवसाय भित्रयाउने र भईरहेका व्यवसायलाई व्यवस्थित गर्ने बताए। उनले व्यावसायको प्रकृति अनुसार आवश्यक तालिम दिईने उदघोष गरे। ‘प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने प्रदेश सरकारको योजना छ। गण्डकी प्रदेशको राजधानी पोखरामा पनि औद्योगिक क्षेत्र स्थापना गर्ने योजना छ। पोखरा–३३ मा झण्डै ३ हजार रोपनी क्षेत्रमा आवश्यक अध्ययन भईसकेको छ,’ उनले भने,‘लेखनाथमा औद्योगिक क्षेत्र स्थापनाको लागि वाणिज्य संघले सम्बन्धित निकायसँग पहलकदमी गर्ने छ।’  

उनले लेखनाथमा भएका सात ताललाई प्रत्येकको पहिचान हुने गरी प्रर्वद्धनात्मक गतिविधि गरिने स्पष्ट पारे। लेखनाथ क्षेत्र भूगोलको हिसाबमा ठूलो छ। बस्ती बढ्ने क्रममा छ। बजार विस्तारको क्रममा छ। ‘कृषि उत्पादनलाई बृद्धि गर्ने र उत्पादित कृषिजन्य उत्पादनलाई बजारीकरण बनाइएको कृषि उपज बजारलाई संघले अझै प्रभावकारी बनाउने योजना लक्ष्य लिएको छ।’ उनको भनाई थियो। लेखनाथ बजार क्षेत्रमा दर्ता नगरी व्यवसाय गरिरहेका व्यवसायीलाई बैधानिक बनाउने प्रयास लेखनाथ उद्योग वाणिज्य संघले गर्ने स्पष्ट पारे। 

प्रकाशित: २५ भाद्र २०८० १०:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App