१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

कुमारी क्यापिटलको सिइओमा शर्मा नियुक्त

कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा पुष्प शर्मा नियुक्त भएका छन्। सञ्चालक समितिको ५८ औं बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रूपमा शर्मालाई साउन १ गतेदेखि लागु हुने गरी नियुक्त गरेको हो।  

उनले यसअघि कम्पनीमा कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए। बंैकिङ तथा वित्तीय क्षेत्रमा १३ वर्षभन्दा बढीको कार्यानुभव रहेका शर्मा स्रोत तथा साधनको उच्चतम परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व भएको क्यापिटलले जनाएको छ ।

प्रकाशित: २ श्रावण २०८० ०३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App