२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ग्रामीण सडक अवरुद्ध: नागरिकलाई सास्ती

स्थानीय सडक अवरुद्ध भएपछि नागरिकलाई सास्ती। तस्बिर: ललित/नागरिक

अविरल वर्षाका कारण कालिकोटका ग्रामीण सडक अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा सबैभन्दा बढी शुभकालिका गाउँपालिका शान्नी त्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकाअन्तर्गतका सडक ठप्प भएका हुन्।

कर्णाली राजमार्ग र करिडोरदेखि गाउँसम्म जोडिने ग्रामीण सडकहरू निरन्तरको वर्षाले अवरुद्ध पारेपछी ग्रामीण सडक बन्द भएका छन्।

शान्नी त्रिवेणीको शान्तिघाटदेखि पालिकाको केन्द्र मुम्रा, रक; शुभकालिकाको सेरिघाटदेखि भर्ता, सुकाटिया; र नरहरिनाथको खुलालुदेखि लालु, रास्कोट नगरपालिकाको केन्द्र जोड्ने ग्रामीण सडक समेत गरी दर्जन गाउँ पुग्ने सडक कात्तिकसम्मका बन्द भएका हुन्।

अविरल वर्षाका कारण कालिकोटका ग्रामीण सडक अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा सबैभन्दा बढी शुभकालिका गाउँपालिका शान्नी त्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिका अन्तर्गतका सडक ठप्प भएका हुन्।

‘बर्खा लाग्यो, अब यहाँका गाउँमा पुग्ने सबै सडक बन्द भए, गाउँपालिकाको सबै वडामा पुग्न खोला पार गर्नुपर्छ, खोलामा पानीको बहाव निकै बढेको हुँदा यातायातका साधान वारपार गर्न सक्दैनन्, शान्नी त्रिवेणी गाउँपालिकाकी स्थानीय पुष्पा गिरीले भनिन्।’ शुभकालिका रमेश विकले गाउँमा सडक आए पनि बर्खामा सेवा लिन नपाएको गुनासो गरे। पहिलेपहिले गाउँमा सडक नआउँदा हिँडेरै बजार पुग्ने गरेको भन्दै अहिले स्काभेटरले खनेका सडक वर्षाले अवरुद्ध भएर पहिलेको जस्तै हिँड्नुपर्ने उनी बताउँछन्।

गाउँमा नुन, चामल ल्याउनु परे घोडाखच्चडको प्रयोग गर्नुपर्ने स्थिति आएको शुभकालिका २ की सुशीला शाहीको भनाइ छ। ‘यो बेला गाउँमा कोही बिरामी परे मान्छेले नै बोकेर अस्पताल पुर्‍याउनुको विकल्प छैन। उनले भनिन्, स्थानीय तहका प्रमुखहरूले यो विषयमा चासो दिएका छैनन्। अहिले पनि गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा शुभकालिका गाउँपालिकाका नागरिकले बिरामीलाई डोकामा बोकेर जिल्ला अस्पतालमा ल्याउनुपर्ने बाध्यता रहेको छ।

शान्नी त्रिवेणीको शान्तिघाटदेखि पालिकाको केन्द्र मुम्रा, रक; शुभकालिकाको सेरिघाटदेखि भर्ता, सुकाटिया; र नरहरिनाथको खुलालुदेखि लालु, रास्कोट नगरपालिकाको केन्द्र जोड्ने ग्रामीण सडक समेत गरी दर्जन गाउँ पुग्ने सडक कात्तिकसम्मका बन्द भएका हुन्।

‘दुई साता भयो, खोलामा गाडी तर्न छाडे, वारिका मान्छे वारि, पारिका मान्छे पारि भइयो, यो बेला गाउँमा मान्छे धरै बिरामी हुन्छन्, पानीमा रुझ्दै भिज्दै बोकैरै अस्पताल पुर्‍याउन निकै समस्या हुन्छ, यही क्रममा बिरामीको ज्यान जाने खतरा बढेको छ’, एक स्थानीयले भने, ‘खोलामा पुल बनेको भए अस्पताल पुग्न सजिलो हुने थियो, बिरामीले समयमै उपचार पाउने थिए।’

अहिले पनि जिल्लाको महावै गाउँपालिकाको केन्द्रसम्म सडको पहुँच पुगेको छैन्। यहाँका नागरिकले दैनिक सेरावाडाबाट भारी बोकेर दैनिकी चलाउँदै आएका छन्।

गाउँपालिकाले गाउँगाउँमा सडक खने पनि तिला नदीमा पुल नहुँदा समस्या थपिने गरेको स्थानीयको गुनासो छ। स्थानीय तहले यी सडक मर्मत गरी सञ्चालन गर्न अझै पहल गरेका छैनन्। स्थानीय सरकारले डोजरको प्रयोग गरी धमाधम खनिएका सडक अहिले बेकामे बन्दै गएका छन्।

अहिले पनि जिल्लाको महावै गाउँपालिकाको केन्द्रसम्म सडको पहुँच पुगेको छैन्। यहाँका नागरिकले दैनिक सेरावाडाबाट भारी बोकेर दैनिकी चलाउँदै आएका छन्।

स्थानीय तह र प्रदेश सरकारको समन्वय नहुँदा एउटै पालिकामा दुई, तीन ठाउँमा सडक खनिएका छन्। नागरिकको सहजताको लागि भन्दा पनि राजनीतिक स्वार्थको लागि जोडिएका सडकमा गाडी गुडाउन समेत मुस्किल हुने गरेको स्थानीयको भनाइ छ।

प्रकाशित: ३१ असार २०८० ०३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App