२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरु

युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरु भएको छ। यही जेठ १४ गतेबाट एकीकृत कारोबार सुरु गरेको कम्पनीले आगामी चार वर्षभित्र सर्वश्रेष्ठ ५ निर्जीवन बिमा कम्पनीभित्र पर्ने उद्घोष समेत गरेको छ।

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमा नयाँ कम्पनीका अध्यक्ष आजाद श्रेष्ठलाई इन्स्योरेन्स अपरेसन्स लाइसेन्स हस्तान्तरण गर्नुभएको थियो।

युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरु भएको छ।

मर्जरसँगै कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड ४६ लाख रूपैयाँ पुगेको कम्पनीले जनाएको छ। कम्पनीको सामान्य जगेडा कोषमा ५९ करोड ६७ लाख र बीमा कोषमा ७२ करोड ६४ लाख कम्पनीको नेट वर्थ ३ अर्ब २६ करोड ३५ लाख रूपैयाँ पुगेको जनाएको छ।

बिमा प्राधिकरणका अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले ग्राहकमाझ विश्वास बढाउनुपर्नेमा जोड दिनुपर्ने उल्लेख गर्दै बीमा क्षेत्रमा असीमित जोखिम तर सीमित पैसाले गर्दा बेथिति समेत बढेको पाएपछि प्राधिकरणले कम्पनीहरू गाभ्ने नीति ल्याएको बताए।

मर्जरसँगै कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड ४६ लाख रूपैयाँ पुगेको कम्पनीले जनाएको छ।

युनाइटेड इन्स्योरेन्सका अध्यक्ष रविभक्त श्रेष्ठले गुणस्तरीय सेवा दिन र बिमाको लागत घटाउन कम्पनी मर्जरमा गएको बताए।

प्रकाशित: १६ जेष्ठ २०८० ०५:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App