नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले पनि गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय अस्वीकार गर्ने भएको छ।
आज बिहान आफूनिकटका नेताहरूसँगको छलफलमा नेता कोइरालाले आफूहरू विपक्षमा उभिएको भएकाले अदालतबाटै न्याय खोज्ने बताएका हुन्।
शेरबहादुर देउवा पक्षले आयोगको निर्णयको विरुद्ध देशभर आन्दोलन गर्ने तयारी गरेको छ। तर आफूहरू आन्दोलनको पक्षमा नरहेको कोइरालाले बताए।
आफूनिकटका नेताहरूसँग छलफल परेपछि कोइराला पनि देउवा पक्षको केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगेका थिए। बैठकले आयोगको निर्णयविरुद्ध संवैधानिक, राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ।
प्रकाशित: ३ माघ २०८२ १६:१७ शनिबार





