६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

इनिग्माका विद्युतीय स्कुटर बजारमा

राइजिङ ट्रेडिङ कम्पनीले इनिग्मा ब्राण्डको विद्युतीय स्कुटर बिक्रीका लागि सार्वजनिक गरेको छ। कम्पनीले वातावरणमैत्री मोबिलिटीप्रति सचेत उपभोक्तालाई सुपथ मूल्यमा विद्युतीय बाहन उपलब्ध गराउने उद्देश्यले इनिग्माका चार मोडल नेपाली बजारमा सार्वजनिक गरेको हो।

कम्पनीले सोमबार सार्वजनिक गरेका मोडलमा क्रिंक प्रो, एनएट, क्रिंक भिवान र जिटी ४५० प्रो रहेका छन्। भारतमा निर्मित इनिग्माका स्कुटर पावर र माइलेजमा ‘बेस्ट इनक्लास’ मानिने कम्पनीको दाबी छ।

राइजिङ ट्रेडिङ कम्पनीले इनिग्मा ब्राण्डको विद्युतीय स्कुटर बिक्रीका लागि सार्वजनिक गरेको छ।

यी स्कुटरको सञ्चालन खर्च प्रतिकिलोमिटर २८ पैसाभन्दा कम पर्ने कम्पनीले जनाएको छ। उत्कृष्ट टर्कका लागि ३० एमएममोटर म्याग्नेट दिइएको यस स्कुटरमा ब्याट्रीको आयु बढाउन स्मार्ट बीएमएस प्रवधि जडान गरिएको कम्पनीले जानकारी गराएको छ।

अत्यन्तै कम मर्मत खर्चमा सञ्चालन गर्न सकिने यी स्कुटरमा ३ एमएमहाई ग्रेड एबीएस बडी पार्टस्, क्रुज कन्ट्रोल, रिभर्स गियर, किलेस राइडिङ, सेन्ट्रल लकिङ, एन्टी थेप्ट अलार्म सिस्टम, युएसबीपोर्ट, फाइन्ड माई स्कुटर, जीपीएस ट्र्याकिङ, जिओ ट्यागिङ लगायतका विशेषता यस स्कुटरमा रहेको कम्पनीले बताएको छ।

सहरी र ग्रामीण दुवै इलाकाका लागि उपयुक्त इनिग्माका विद्युतीय स्कुटर आरामदायी र उत्कृष्ट राइडिङ अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएका कम्पनीले जनाएको छ।

कम्पनीका प्रबन्ध निर्देशक अजिज श्रेष्ठले पावर र पर्फर्मेन्समा प्रतिस्पर्धी अन्य स्कुटरका तुलनामा सुपथ मूल्यसहित उपलब्ध गराउने हाम्रो उद्देश्यले भारतको लोकप्रिय ब्रान्ड ल्याएको बताए।

सहरी र ग्रामीण दुवै इलाकाका लागि उपयुक्त इनिग्माका विद्युतीय स्कुटर आरामदायी र उत्कृष्ट राइडिङ अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएका कम्पनीले जनाएको छ।

उनका अनुसार क्रिंक प्रोको २ लाख ९५ हजार रूपैयाँ, एनएटको २ लाख ५० हजार रूपैयाँ, क्रिंक भिवानको २ लाख ६० हजार रूपैयाँ र जिटी ४५० प्रोको २ लाख ३५ हजार रूपैयाँ मूल्य तोकिएको छ। सो मूल्य सीमित अवधिको लागि मात्र रहने कम्पनीले जनाएको छ।

प्रकाशित: १६ जेष्ठ २०८० ०४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App